काठमाडौँ। आजदेखि काठमाडौँ उपत्यकाका केही ठाउँहरूमा प्राधिकरणले दिएको विद्युत प्रसारण लाइनमा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले उक्त स्थानहरूमा आफ्नो विद्युत प्रसारण लाइनलाई भूमिगत गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको हो।
फरक फरक ठाउँहरूमा प्राधिकरणले विद्युत भूमिगत गर्नुपर्ने कार्यलाई निरन्तरता दिने उद्देश्यले सो स्थानहरूमा भइरहने सेवालाई अवरुद्ध गर्न लागिएको जानकारी गराएको छन्।
नेपाल विद्युत प्राधिकरणले आजदेखि यही माघ २९ गतेसम्म अवरुद्ध हुने जानकारी दिएको छ। प्राधिकरणले गर्न थालेको विद्युत सेवा प्रसारण लाईन अवरुद्ध हुने स्थानहरू कुलेश्वर,बानेश्वर,जोरपाटी र कीर्तिपुर लगायतका ठाउँहरूमा नियमित प्रसारण लाइन अवरुद्ध हुने बताएको छ। विद्युत अवरुद्ध हुने स्थानको समयतालिकाहरू माघ २९ गते,बिहान ११ बजेदेखि अपराह्र ४ बजेसम्म नियमित विद्युत सेवा अवरुद्ध हुने भएको हो।
हेर्नुहोस् नेपाल विद्युत प्राधिकरणद्वारा निकालिएको समयतालिका !