काठमाडौँ। वैदेशिक रोजगार युके पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा काठमाडौँको टेकुबाट एकजना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका २ घर भई हाल काठमाडौँ महानगरपालिका २६ सामाखुशीमा बस्ने वर्ष ३२ को मदन भण्डारी रहेका छन्। उनलाई पीडितको उजुरीको आधारमा आज प्रहरीले पक्राउ गरिएको जनाएको छ।
घटनालाई लिएर प्रहरीले अनुसन्धान गर्दा पीडित पक्षबाट युके पठाइदिन्छु भनेर नगद रु ३७ लाख ५० हजार रुपैयाँ लिएर भण्डारी पछि सम्पर्कविहीन भएको बताएको छ। भण्डारीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकोबाट खटिएको प्रहरीले पक्राउ गरिएको हो।
अहिले यस विषयमा प्रहरीले थप अनुसन्धान प्रक्रिया बढाएको जानकारी दिएको छ।