हेटौंडा। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले अनलाइन डिजिटल प्रणालीमा सम्प्रेषण भएका आलोचनात्मक समर्थन सहित जसपा नेपालले अध्यादेशको पक्षमा उभिने शीर्षकमा केही मिडियाहरू र सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक रहेको बताएको छ। आफ्नो पार्टीगत नाम जोडिएको तथ्यहीन समाचारलाई लिएर पार्टी अध्यक्ष यादवले सामाजिक सञ्जाल मार्फत नै एक स्टाटस राखेर उक्त विषयलाई स्पष्ट पारिएको हो।
पार्टी अध्यक्ष यादव भन्छन्; जसपा नेपालका बारेमा जुन किसिमको समाचारहरू प्रकाशन सम्प्रेषण भइरहेका छन् त्यसप्रति हाम्रो आपत्ति रहेको छ। र भ्रामक समाचारको विषयप्रति हाम्रो पूर्ण खण्डन पनि रहेको छ।
जसपा नेपालले अहिले अध्यादेशको पक्षमा उभिने वा विपक्षमा रहने भन्ने कुनै पनि किसिमको औपचारिक निर्णय भने नगरिएको पार्टी अध्यक्ष यादवले सामाजिक सञ्जाल स्टाटस मार्फत जानकारी दिएका छन्।
अहिले सबै कुराहरू पूर्ण छलफलकै क्रममा रहेको छ। अध्यादेशको अध्ययन कार्यदलले भोलि बिहान ९ बजेदेखि प्रतिवेदन बुझाउँछ। त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिने पार्टी अध्यक्ष यादवले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादवले राखेको स्टाटस यस्तो रहेको छ,हेर्नुहोस्।