प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । प्रचण्डले १ बजेसम्म मन्त्रीहरुको नाम बुझाउनको लागि आग्रह गरेका छन् ।
नयाँ मन्त्रीहरुको सपथ दिउँसो चार बजेभित्र बजे गर्ने गरि तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दलहरुबीच कांग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले दुई/दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक/एक मन्त्रालय पाउने सहमति भएको छ।