काठमाडौँ। आज सेयर बजारको परिसूचक नेप्से २७ दशमलव ८० अङ्कले बढेको छ। यो अनुसार आज सेयर बजारले दुई हजार ७५ दशमल ८५ बिन्दुमा आफ्नो स्थान बनाएको छ।
यता परिसूचक सेयर बजार नेप्से बढ्दा भने कारोबारको रकम घटेको अवस्था छ । अघिल्लो दिन १० अर्ब ५४ करोड रकमको कारोबार भएकोमा आज ८ अर्ब ५२ करोडको रकम कारोबार भएको छ ।
आज बैंक,विकास बैंक, होटल लगानी माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समुहको सेयर बजार बढेकोमा फाइनान्स,जलविद्युत,बीमा र व्यापार समूहको सेयर उच्च अंकले गिरावट आएको छ ।
अघिल्लो दिन १० प्रतिशत मूल्य पढिरहेको विशाल बजार कम्पनीको आज ६ दशमलव ४ प्रतिशतले बढेको छ। अहिले कम्पनीको मूल्य प्रति कित्ता ७ हजार २५ रूपैयाँ मूल्य निर्धारणमा पुगेको छ।