काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।
सभापति लामिछानेलाई पक्राउ पुर्जी जारी भएदेखि नै मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख भएको छ। रास्वपाका सभापति लामिछानेलाई राज्य संयन्त्रबाट अमानवीय,अपमानजनक तथा अनुसन्धानका कार्यहरू तरिका एकदम गैर न्यायिक व्यवहार भएको भन्दै आयोगलाई ध्यानाकर्षण गराएको छ।
गएको मङ्सिर २० गतेको राति चितवनबाट पोखरा लैजाने क्रममा राज्य संयन्त्रको दुरुपयोग भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको उजुरी ध्यानाकर्षण पत्र हेर्नुहोस !