हेटौंडा। प्राइम टेलिभिजनको विशेष कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा नेकपा माओवादी केन्द्रका रामनारायण बिडारीले सहकारी ठगी प्रकरणमा सैद्धान्तिक रुपमा यसो भने सहकारीको बारेमा उच्चस्तरीय न्यायिक समिति बनाएर छानबिन गर्ने हो भने रुखको रूपमा रहेका नेपाली कांग्रेस लौरोमा परिणत हुन्छ र एमाले भन्ने पार्टी यो देशबाट कोल्याप्स नै हुन्छ।
नेता बिडारीले भन्छन्,यदि दुईवटा मुद्दा छानबिन गर्ने हो भने एनजीओ चलाउने,आइएनजी चलाउने र सहकारी चलाउने यी दुईवटा कति अनियमितता भएका छन् उच्चस्तरीय सर्वोच्च अदालतको ड्यासिङ पर्सनालिटी भएको न्यायाधीश वा सो सरको मान्छेहरू राखेर उच्चस्तरीय न्यायक समिति बनाउने हो भने हुनसक्छ तर यो कुरा बनाउन दिँदैन ।
अहिलेको सहकारी संस्थाहरूमा पैसा किन धेरै भयो भन्ने सन्दर्भमा यसो भने सहकारी बैंक होइन तर पनि खरब – खरब पैसा राख्न मिल्छ सहकारीले,यो भनेको कालो धन त्यहाँ राखेको हो। अपराधिक गतिविधिद्वारा आर्जन गरेका धनहरु त्यहाँ व्यवस्थापन गरेका हुन्। त्यहाँ राखेपछि सहकारीले सोध्दैन त्यो धन कसरी आयो भनेर,चुप लागेर त्यो धन त्यहाँ राखिन्छ तर बैंकमा अनेकौं सवालहरू सोधिन्छ र बैंकिङ प्रणालीमा सहकारीको तुलनामा निकै झन्झटिलो हुने भएको कारणले त्यो कार्य त्यहाँबाट सहज पार्न सहकारीको वैकल्पिक माध्यम बनाएका हुन्।
भिजन अन्तर्वार्तामा आफ्नै पार्टीलाई पनि यसरी सुझावको रुपमा आफ्नो भनाइहरु यसरी राखे, अरब अरबको भ्रष्टाचारीहरुलाई कारबाही नगरेको हुनाले पक्राउ परेका करोड करोडका भ्रष्टाचारीहरूलाई कारबाही गर्नुहुन्न भन्ने पनि कुनै तर्क हुन्छ र? तत्काल पक्राउ परेका सबैलाई कारबाही हुनुपर्छ। बाँकी अरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्यो। त्यसकारण मेरो अन्दाजमा मेरो आफ्नो पार्टीलाई,किन रविलाई मात्र कारबाही अरुलाई पनि अरूलाई पनि भन्नुपर्यो ।
नेता बिडारी भन्छन्,वास्तवमा राति सुतेको ठाउँबाट रवि जिको आफ्नै इच्छाअनुसार गएको हो । रवि भने भनेको कति प्रचारवादी मान्छे हुन्,म उहाँलाई चिन्दिन। पहिलो कुरा उहाँ ठूलो अपराधी हो किन भनें उहाँ राजनीतिमा आउनै नहुने मान्छे हो। देशको विरुद्धमा हुने मान्छे हो। किनकि नेपाली नागरिकता छोडेर विदेशी नागरिक हुने तयारी हुने मान्छे हो नि सुरुमा, नागरिकता नि त्याग गर्ने नेपाली हुनमै छोडिदिने अनि त्यहाँ बस्ने त्यहाँ अप्ठ्यारो परेपछि अथवा त्यो देशले मुद्दा चलाइसकेपछि भागेर आएर नेपालमा राजनीति गर्छु भनेर फेरि ठगी धन्दामा लागेर त्यसमा पनि एउटै व्यक्तिले धेरैवटा सहकारीबाट पैसा लिएको पनि कहाँ सुनिन्छ ? उनका अरु पनि धेरै कर्तुत रहेका छन्। तर गर्न भ्याइरहेको छैन।
नेपाली जनताको परिचय पत्र छाप्ने र त्यसलाई प्रकाशन गर्ने र व्यावहारिकमा ल्याउने काम नारायण काजी श्रेष्ठले गएर किन बदर गरेर रोकियो त्यो काम रविजीले गर्न लगाएको थियो । त्यो अपराध कम्प्लिटली हुन पाएन। नत्र त त्यो पनि मुद्दा लागिने व्यक्ति हुन् रवि । उनले भने ।
रवि लामिछानेको पासपोर्टको मुद्दालाई तामेलीमा राखेको कुरा यो गलत हो। अर्को कोही सक्रिय सक्षम महान्यायधियोक्ता आयो भने त्यो पनि मुद्दा चल्न सक्छ फेरि पनि उनले भने ।
एउटा मान्छे दुईवटा देशको नागरिक बनेर कहिले कुन पासपोर्ट कहिले कुन पासपोर्ट देखाउँदै हिँड्न मिल्छ राहधानी ऐनमा स्पष्ट लेखिएको छ त उनले भने ।
रवि भनेको राष्ट्रप्रेमी होइन विदेशमा गएर उदम उत्पाद मछ्याउँछु भन्ठाने थिए। सकेनन् बिचरा त्यहाँबाट लखेटे अहिले उनी अमेरिकी जान सकिँदैन,उनले भने ।