काठमाडौँ। नेपाली टिमले मलेसियामा यही जनवरी १८ देखि सुरु हुने आइसिसी यु १९ महिला टि २० विश्वकप क्रिकेटका लागि जोडिने घोषणा गरेको छ ।
आज पूजा महत्वको कप्तानीमा नेपाली क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यस अघि नै मलेसियामा भएको एसीसी यू १९ महिला एसिया कप खेलेको नेपाली टोलीलाई नै फेरि निरन्तरता दिएको उपकप्तान सोनी पाख्रिनले बताए।
गत नोभेम्बरमा युएइमा भएको आइसिसी यू १९ महिला विश्वकप एसिया छनोटको उपाधि नेपालले जितेर पहिलोपटक यू १९ महिला विश्वकपमा छनोट भएको थियो। त्यसपछि नेपालले यू १९ महिला एसिया कप समेत खेल्न पाउने भएको थियो। जुन त्यो बेला नेपालले पाकिस्तानलाई हराउन सफल भएको थियो।
अब हुने जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू १९ महिला टि २० विश्वकपमा नेपाल सहित १६ राष्ट्रको खेलाडीहरू सो समयमा सहभागी हुने भएको छ। अहिले मलेसियामा हुन लागेको यू १९ महिला विश्वकपको दोस्रो संस्करणको खेल हो। तर नेपालले भने पहिलोपटक यस खेलमा सहभागी गर्न लागिएको हो।
यस संस्करणको खेलमा नेपाल भने समूह डीमा परेको छ। यस समूह अन्तर्गत अस्ट्रेलिया बङ्गलादेश र स्कटल्यान्ड रहेका छन्। नेपाल जस्तै स्कटल्यान्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुग्न सफल भएको एक राष्ट्र हो।
समूह चरणको डीमा परेको नेपालले यू १९ महिला विश्वकप क्रिकेट भने जनवरी १८ मा पहिलो राउन्डमा बङ्गलादेशसँग खेल्ने भएको छ। यसरी क्रमिक रूपमा जनवरी २० मा स्कटल्यान्डसँग र जनवरी २२ मा भने अस्ट्रेलियासँग खेल्ने भएको छ।
दोस्रो संस्करणको खेलमा चारै समूहको शीर्ष ३ टोली सुपर सिक्स राउन्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेललाई निरन्तर खेलाइनेछ।
यता नेपालले भने यस दोस्रो संस्करण खेलमा पहिलो समूहमा रहेको खेललाई जित्नुपर्ने हुन्छ। तब तब मात्र नेपालले सुपर सिक्स पुग्दै तीन खेल खेल्ने अवसर पाउने सक्छ । अन्यथा नेपालले सो अवसर गुमाउनुपर्ने हुन्छ।