मकवानपुर। जसपा नेपालले संगठन विस्तारको अभियान अनुरूप थप दुई महिने कार्यतालिका अनुसार आज बकैया गाउँपालिका श्री पुष्प राज ब्लोनको अध्यक्षतामा ९ कार्यसमिति गठन गरिएको छ।
उक्त नयाँ कमिटीमा अध्यक्ष पदमा श्री पुष्पराज ब्लोन, उपाध्यक्ष पदमा निङमार तामाङ,कोष अध्यक्ष पदमा पन्चिमाया ब्लोन र सचिव पदमा उत्तम स्याङतान सर्वसहमत रुपमा चयन भएका छन्।
आज भएको संगठन विस्तारको कार्यक्रममा बकैया गाउँपालिकामा सहभागी हुने अतिथिहरूमा बागमती प्रदेश कमिटी सदश्य जीवनमान मोक्तान, ताम्सालिङ राष्ट्रिय समिती सदश्य दिलबहादुर रुम्बा र जीवन पाख्रिन,हरिसिंह वाइबा,दीपा खनाल,सुन माया लामा र ईश्वरी भेटवाल लगायतको उपस्थिति रहेको थियो। भने कार्यक्रमको जिल्ला संयोजक रुपमा उत्तम गोम्जा रहेका थिए।
साथै संगठन विस्तारको क्रममा आजै युवा भोलेन्टियर फोर्सको अध्यक्षको भूमिकामा शुभराज स्याङतानलाई चयन गर्दै ७ सदस्य कमिटी गठन गरेका छन्।