मकवानपुर। जसपा नेपालले गरेको संगठन विस्तार कार्यक्रम अभियान अनुरूप आज भीमफेदी गाउँपालिकाले पालिका स्तरको संगठन विस्तारमा पूर्णता पाएको छ।
जसपा नेपालले चलाएको थप दुई महिने संगठन विस्तारको कार्यक्रमको अभियानले आज आएर भीमफेदी गाउँपालिकाले १३ सदस्यीय पालिका संगठन विस्तारको काममा पूर्णता पाएको हो।
आज भएको भीमफेदी गाउँपालिकाको संगठन विस्तारको कार्यक्रमबाट अध्यक्ष पदमा मनिल लामा सर्वसहमत चयन भएका छन्। त्यस्तै उपाध्यक्षको पदमा इत कुमार वाइबा, कोष अध्यक्षको पदमा अनिता थिङ, सचिवको पदमा अनिल थिङ र सहसचिवको पदमा मैथिमाया तामाङ सर्वसहमत चयन भएका छन्।
जसपा नेपालले चलाएको थप दुई महिने कार्यक्रम अभियान अन्तर्गत मकवानपुर जिल्लाले आज आएर तीनवटा पालिका निर्माण संगठन विस्तारको कार्य सम्पन्न गर्न सफल भएको छ । भने अब सातैवटा पालिकाले यथा शीघ्र नै संगठन विस्तारको काम द्वारा नै पूर्णता पाउने जिल्ला संयोजक उत्तम गोम्जाले जानकारी दिएका छन्।
जसपा नेपालको केन्द्रीय सदस्य एवंम जिल्ला अभियान्ता मेजरमान मोक्तानले यसो भने : जिल्ला संयोजक उत्तम गोम्जाको अहिलेको संगठन विस्तार कार्यक्रमको भूमिका प्रति पार्टीलाई युगान्तकारी भूमिकामा लैजाने एक बाटो खुलेको बताएका छन्।
आजको पालिका संगठन विस्तारको कार्यक्रमको संयोजकत्वको भूमिका भने हरिसिंह वाइवाले गरेका थिए । भने जिल्ला संयोजक उत्तम गोम्जाको अध्यक्षतामा कार्यक्रमलाई सम्पन्न गरेको थियो।