नुवाकोट। टोखा छहरे सडक खण्डमा सुमो दुर्घटना भएको छ। सुमो दुर्घटनाबाट चालक र केही यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट नुवाकोट दुम्चेश्वर गाउँपालिकाको घ्याङ्फेदी तर्फ जाँदै गरेको ना १ ज ४३ ४९ नम्बरको सुमो सुरुङ गाउँ नजिकै आज दुर्घटनामा परेको हो ।
उक्त सुमो दुर्घटनाबाट चालक दल घाइते भएका छन्। घाइते सुमो चालकलाई उपचारको लागि नजिकैको स्वास्थ्य चौकी लगिएको प्रहरीले जानकारी दिएको छ। भने केही यात्रु घाइते भएका छन्।
घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा सुमोमा सवार यात्रुहरूले गाडीको अचानक ब्रेक फेल भएपछि चालकले बुद्धिमानी ढंगबाट भित्तामा साधनलाई ठोकाउन लगिएको उल्लेख गरेका छन्। सुमो सवार यात्रुहरु भन्छन् ; गाडीको ब्रेक फेल भएपछि ड्राइभरले भित्तामा गाडी ठोकाएको हो। र ठूलो दुर्घटनाबाट जोगिएका हौं हामी।
सामान्य घाइते व्यक्तिहरूलाई अर्को साधनको व्यवस्था गरी घर पठाउने व्यवस्था गरिसकेको प्रहरीले जानकारी दिए। र उक्त सुमोको थप घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।