दाङ। आज दाङको घोराई तुल्सीपुर सडक खण्ड अन्तर्गत पर्ने गुर्जे खोला नजिकै मोटरसाइकल दुर्घटना भएको छ । उक्त मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार उक्त मोटरसाइकल आज दिउँसोको समयमा उक्त स्थानमा दुर्घटना भएको जानकारी दिएका छन । मोटरसाइकलबाट घाइते हुनेहरूमा घोराही १४ को वर्ष ४० का बहरेलाल सुनार र वर्ष ४५ का नरम कुमारी सुनार रहेका छन्।
घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइते दुवैमध्ये मोटरसाइकल चालकको स्वास्थ्य अवस्था भने अलि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।