काठमाडौँ। भारतमा जारी खो-खो विश्वकप क्रिकेटमा नेपालको महिलाको टोलीले आज पनि लगातार दोस्रो खेलको जितलाई आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
आज नेपालले आफ्नो दोस्रो खेलमा आफ्नो प्रतिद्वन्धी रुपमा रहेको देश जर्मनीलाई ७३-३४ रनको अन्तरद्वारा हराउन सफल भएको हो। यसअघि आजै भएको खेलमा नेपालले भुटान देशलाई ९३-२४ रनको अन्तरले हराउन सफल भएको थियो।
नेपालको तर्फबाट कप्तानी लिइरहेकी सरस्वती कठायतले यो पटकको खेल भने तेस्रोपटक मैदानमा खेलिरहेकी छिन् । भोलि नेपालले दिउँसो २ बजे श्रीलंकासँग खेल्ने खेल तय भएको छ। भने पर्सी नेपालले बंगलादेशसँग खेल्ने समयतालिका रहेको छ।
खो-खो विश्वकप क्रिकेट अन्तर्गत समूह सीमा रहेका देशहरूमा नेपाल सहित भुटान,जर्मनी,बङ्गलादेश र श्रीलंका रहेका छन्। यस खेल खेलिरहेका हरेक समूहबाट एक शीर्ष टोली क्वाटर फाइलमा प्रवेश गर्ने मौका पाउनेछन् ।
साथै पुरुषतर्फ भएको खेलमा समूह ए अन्तर्गत रहेको नेपालले पहिलो खेल भने भारतसँग ४२-३७ रनले पराजित भोक्नु परेको थियो । अहिले पुरुष तर्फ रहेको खेलाडीहरूले नेपाली समयअनुसार पौने ७ बजेदेखि पेरुसँग खेलिरहेका छन्।