काठमाडौँ। अब देखि लघु वित्तीय संस्थाले ऋणी व्यक्तिलाई ऋण असुली गर्दा कुनै पनि किसिमको अपमानजनक कठोर तरिकाबाट ऋण उठाउन नपाउने भएको छ।
एकीकृत निर्देशिका २०८१ का अनुसार; नेपाल राष्ट्र बैंकले (घ) वर्गको अन्तर्गत रहेका जति पनि इजाजत लिएका वित्तीय संस्थाहरू रहेका छन्। ती सबैले अबदेखि निर्देशिकामा जारी भएका नियमअनुसार कार्यविधि गर्नुपर्ने भएको हो ।
यो व्यवस्था अनुसार अबदेखि प्रत्येक लघु वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको बचत लिँदा बचतको ब्याजदर समेत ग्राहकलाई लिखितम रुपमा जानकारी गराउनुपर्ने र ग्राहकको सहमति नभईकन उसको खातामा रहेको रकम कट्टा गर्न नपाउने उल्लेखित निर्देशिकामा व्यवस्था भएको छ।
यो व्यवस्था अनुसार लघु वित्तीय संस्थाले अबदेखि ग्राहकलाई उपलब्ध गराउनुपर्ने सेवा सम्बन्धी जानकारी वा सूचनामा प्रयोग गरिने भाषा सरल र स्पष्ट हुनुपर्नेछ। त्यसैगरी लोकवितीय संस्थाले ग्राहकको कारोबारमा प्रयोग हुने कागजत सरल तवरबाट ग्राहकले बुझ्ने वा पढ्न सकिने तरिकाबाट बुझाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख भएका छन्।
“एकीकृत निर्देशिका २०८१” ले लघु वित्तीय संस्थामा आबद्ध हुने सेवाग्राहीलाई यस निर्देशिकाले केही हसमा भएपनि राहत पुग्ने विश्वास देखिएको छ।