हेटौंडा। युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको छ। नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाब स्वरुप माग ७ र ८ गते संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो ।
युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज रमेश सीको हस्ताक्षरित ज्ञापनपत्रमा तीन ओटा मागहरु समेटिएको छ । जसमा नेकपाका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी लगायतका नेताकार्यकर्ताहरुको झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहलक गर्नुपर्ने, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वन गर्दै देशको राजनैतिक,आर्थिक,सामाजिक र सांस्कृतिक समस्या सामाधानका लागि नेकपासँगको संवादलाई अगाडि बढाउने पर्ने र राजनैतिक आस्थाका वन्दि रिहाईका लागि सरकारले यथाशीघ्र आवश्यक पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त ज्ञापनपत्र सहित युवा संगठन नेपाल मकवानपुरले संगठनको केन्द्रिय योजना अनुसार देशैभरी चलाएको नागरिक हस्ताक्षर अभियान अन्तर्गत मकवानपुरमा गरिएको हस्ताक्षर पनि संकलन गरी बुझाएको छ। संगठनले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल मार्फत प्रधानमन्त्री कार्यलय समक्ष उक्त हस्ताक्षर बुझाएको हो । चिलुवालले ज्ञापनपत्र सहित हस्ताक्षर संकलन गरिएको कपडा बुझिलिँदै वि.सं.२०७७ फागुन २१ गते सरकार र नेकपा बीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्ने र गराउनका लागि आवस्यक पहल गर्ने बताएका छन् ।
उक्त ज्ञापनपत्र र हस्ताक्षर संकलन विवेक सी,सुर्य सी सहित युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज रमेश सी,सुबास सी, दिनेश सी,सोम सी,दिपक सी,बिक्रम सी,अशोक सीको उपस्थितिमा बुझाएको हो।
यस्ता छन युवा संगठन नेपाल मकवानपुरले गरेको ज्ञापनपत्र हेर्नुस् ।