मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स दुर्घटना भएको छ। दुर्घटना परेको एम्बुलेन्स बागमती गाउँपालिकाको वडा नम्बर ४ प्युटार अवस्थित कुडा भन्ने स्थानमा करिब ५० किलोमिटर तल खोल्सामा झरेको हो।
एम्बुलेन्समा सवार भएका बिरामी र चालक घाइते भएका छन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक विरमान स्याङतान र बिरामी लक्ष्मी लो र सरोज घाइते भएका छन्।
एम्बुलेन्सको दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
स्रोत सामाजिक सञ्जाल