मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत पर्ने वडा २ मा प्रकाश स्याङतानले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई न्यानो कपडा स्विटर सहयोग गरेका छन्।
आज आफ्नो जन्मदिन पारेर स्याङतानले मनहरी- २ स्थित भुन्द्रुङ टाँढीमा अध्यनत रहेका कक्षा १ देखि ५ सम्मका विद्यार्थी भाइबहिनीहरूलाई न्यानो कपडा वितरण गरिएको हो।
हाल स्याङतान रोजगारीको लागि दक्षिण कोरियामा कार्यरत रहेका छन्। पढ्नकै लागि पर्सा जिल्लाको सिमानामा रहेको मनहरि भिमानदेखि करिब ३ घण्टा हिँडेर आउन पनि बाध्यात्मक परिस्थिति भएका विद्यार्थीलाई लक्षित गरेर आफू कोरियामा रहे पनि साथी सन्देशदिनको मार्फत उक्त विद्यालयलाई आज आफ्नो जन्मदिन पारेर अध्ययनरत भाइबहिनीहरूलाई न्यानो कपडा स्वरूप स्विटर सहयोग गरेका उनले बताए।
जन्मदिनमा केक काटेर अन्य खर्च गर्नुको साटो आफूले अलि फरक ढङ्गबाट समाजतर्फ लक्षित गरेर एउटा समाजसेवीको भावबाट यो मद्दत गर्ने लक्ष्य बोकेको उनले बताए ।
स्वयं आफूले विद्यार्थी जीवनकालमा गर्नुभएको संघर्ष दुःखको पीडालाई बुझेर अब आउने नयाँ पुस्तालाई आफूले सकेको सहयोग गर्न पाउँदा आफू निकै हर्षित रहेको पनि उनले आफ्ना साथी मार्फत सुनाएका छन्। साथै स्याङतानले सोही विद्यालयमा कक्षा ८ सम्म पनि अध्ययन गरेको बताएका छन् ।
विद्यालयका अध्यक्ष समेत रहेका राजकुमार थिङले भने स्याङतानले गरेको समाजसेवी भावप्रति अहिलेको पुस्ताले नयाँ पाठ सिक्नुपर्ने बताएका छन्। साथै उनले आफ्ना यस विद्यालयप्रति गरेको समाजसेवी भावप्रति स्याङतानलाई धन्यवाद समेत दिएका छन्। भने यस्ता खालका सहयोगहरू आगामी दिनमा पनि यस विद्यालयप्रति रहनेछ भने उनले अपेक्षा समेत राखेका छन्।
आजको स्विटर हस्तान्तरण कार्यक्रममा सहभागी हुनेहरूमा नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (फोनिज) मकवानपुरका उपाध्यक्ष सन्देश थिङ,तामाङ पत्रकार सङ्घ मकवानपुरका सचिव भुवन घलान,सहसचिव रविन्द्र वाइबा, सञ्चारकर्मी विशाल राई,चन्द्र घलान, शिक्षक विशाल घलान र पवित्र पोखरेल लगायतको उपस्थिति रहेका थिए।
साथै आजको स्विटर वितरण कार्यक्रमको सभाध्यक्षता भने विद्यालयका प्रधानाध्यापक दुधलाल घलानको गरेको थियो। भने कार्यक्रमको प्रमुख आतिथ्यता अध्यक्ष थिङको रहेको थियो।