झापा। आफै प्रेमिकाबाट धोका पाएपछि झापाको दमक घर भएका एकजना युवकले मोरङको उर्लाबारी आएर आफ्नै शरीरमा आगो लगाएका छन्। यो घटना आज बिहान ११:४० बजेतिर बाहिर आएको हो।
आफ्नो शरीरमा पेट्रोल छरिएर मृत्यु दहन गर्न खोजेका दमक नगरपालिका ७ का वर्ष ४० का विनोद थापा रहेको मोरङ प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार प्रेमिकाले धोका दिएको भन्दै थापाले आफ्नै शरीरमा पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाउन खोज्दा यो घटना बाहिर खुलेको हो। उर्लाबारी नगरपालिका ७ पश्चिम बस स्टेसनमा रहेको अन्नपूर्ण खाजा घर नजिकै थापाले आफ्नी शरीरमा आगो लगाएको प्रहरीले जानकारी दिए।
उक्त खाजा घर दमक-३ की २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गर्दै आएकी थिइन्। दमकबाट उर्लाबारी आएका उक्त युवकले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना बाहिर आइसकेपछि सोधपुछ गर्दा प्रेमिकाले धोका दिएको भन्दै यस्तो कारण खुलाएका छन्।
आगोले जलेका थापा भने घाइते भएका छन्। अहिले घटनाको प्रकृतिको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रेमिकाको धोकाबाट विच्छेदता भएको युवकले आफ्नो शरीरमा लगाएको आगोले गर्दा अहिले उनको अवस्था कपाल घाँटी लगायतका शरीरका विभिन्न भागमा आगोले पोलेको गर्दा शरीरमा चोटपटक लागेको देखिएको छ, प्रहरीले भने ।
प्रहरीको विशेष प्रयासबाट बचाउन सफल भएका थापालाई अहिले उर्लाबारीकै नजिकेको अस्पताल अरनीको अस्पतालमा उपचार भइरहेको जनाएको छ। थापाले शरीरमा आगो लगाएको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले आगो निभाउन सफल भएको थियो।
अहिले उसो घटनाबारे प्रहरीको विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।