काठमाडौँ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को जिल्ला शाखा काठमाडौँको लागि अध्यक्ष भीम भीमबहादुर लामालाई सर्वसम्मत चयन गरेका छन्। आइतबार हिजो आईतवार काठमाडौँमा सुसम्पन्न भएको सातौं जिल्लाको अधिवेशनबाट लामालाई अध्यक्षमा चयन गरेका हुन् ।
त्यस्तै फोनिजको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पदका लागि सुदिना श्रेष्ठ,सचिव पदका लागि रन्तकाजी महर्जन, उपसचिवमा (महिला) नितु डंगोल र कोष अध्यक्ष पदमा दीपा सुनुवार सर्वसम्मत चयन भएका छन्।
त्यस्तै अन्य सदस्यहरुमा राधिका लो,सरला चौधरी,अन्जना राईलाई चयन गरेका छन् भने संस्थागततर्फ अजय खड्की र पासा काजी शेर्पा चयन भएका छन्।।
त्यस्तै फोनिजले काठमाडौँ शाखाको सदस्यहरूमा खुलातर्फ बेदबहादुर गुरुङ र किच: सिंह डंगोललाई चयन गरेका छन्।
काठमाडौँ जिल्ला शाखा फोनिसले सोही अधिवेशनबाट बागमती प्रदेश प्रतिनिधिहरू समेत चयन गरेका छन् । संघीय तर्फ महिला ७ जना र १३ खुल्ला गरि २० जना तथा प्रदेशतर्फ नौ महिलासहित २० गरी २६ जना चयन गरेका छन्।
संघीय प्रतिनिधितर्फ चयन हुने प्रतिनिधिहरु पूर्णभक्त दुवाल, गंगादेवी महर्जन,मिक्साङ वाइबा तामाङ, यशोदा भुजेल, हरि गोपाल प्रधान, निरज रन्जित, प्रवीण श्रेष्ठ, सुरेशभक्त श्रेष्ठ, अर्जुनबहादुर तामाङ, लालकुमार मोक्तान, सहदेव चौधरी, सुशीला तामाङ, अमर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर, सुप्रिया राई, मन्जु तामाङ, निशा तामाङ र दिलीप तामाङ रहेका छन् ।
त्यस्तै प्रदेशतर्फ प्रतिनिधिहरू उदेन न्हुसामी,बिमला मानन्धर सरस्वती श्रेष्ठ,मिङ्मा लामा,सविका श्रेष्ठ,मनमाया स्याङ्बो,अनिता डङ्गोल,सुरज मानन्धर,एलबी सागर,प्रदीप कुमार श्रेष्ठ,हिरो लोपचङ,तेज नाछिरिङ राई,दशीराम थारु,मनोज रत्न शाही,संजय उदास,लक्ष्मी राम सुनुवार,अनुप प्रधान,रामबहादुर मगर,कर्साङ तामाङ,विष्णुराज श्रेष्ठ,डिगबहादुर श्रेष्ठ,तेज नारायण महर्जन,प्रतिज शाक्य,हेम प्रकाश राई,श्याम लामा र प्रेम लामा रहेका छन।
उक्त अधिवेशनबाट निर्वाचित भएका सबै पदाधिकारीहरूलाई र संघीय तथा बागमती प्रदेश प्रतिनिधिहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक एवं फोनिजका सङ्घीय उपाध्यक्ष अमरध्वज लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।
काठमाडौँ शाखाको लागि निर्वाचित भएका नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फनिजको नवनिर्वाचित लामाले आदिवासी जनजाति पत्रकारहरूको सर्वहितकारी कार्यप्रति आफू सधैँ दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता दिएका छन् । हरेक पत्रकारहरूका लागि सम्बन्धित निकायहरूमा आवाज उठाउन कुनै कसर बाँकी राख्ने छैन। काठमाडौँ शाखालाई क्रियाशील बनाएर नै एउटा नेतृत्वदायी भूमिका अगाडि बढाउने कार्यमा मेरो सदैव अठोर रहनेछ ।