हेटौंडा। युवा संगठन नेपाल मकवानपुरले नेकपा र राज्यबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि हस्ताक्षर अभियान सन्चालन गरेका छन्। सहमति भएको चार वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट गर्नुपर्ने बुँदागत कार्यन्वयन नगरेको भन्दै नेकपा निकट युवा संगठनले दबाब स्वरुप हस्ताक्षर संकलन अभियान सन्चालन गरेको हो ।
युवा संगठन नेपालले देशैभरी नागरिक हस्ताक्षर अभियान सन्चलन गरेको छ । संगठनका केन्द्रिय निर्णय अनुसार मकवानपुरमा पनि आजबाट नागरिक हस्ताक्षर अभियान उद्घाटन भएको छ। नेपाल कम्युनिस्ट पार्टी र केपि ओलि नेतृत्वको नेपाल सरकार बीच मिति २०७७ फागुन २१ मा भएको तीन बुँदे सहमती कार्यान्वयन गराउन युवा संगठन नेपाल मकवानपुरले पनि नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो।
हेटौंडाको बुद्धचोकमा आज भएको हस्ताक्षर संकलन अभियानलाई नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले हस्ताक्षर गरि उद्घाटन गरेको हो । त्यस्तै पार्टीका केन्द्रिय सदस्य आरोह सी, जिल्ला सेक्रेटरी पेमा सी सहित अन्य नेताकार्यकर्ता र जनताले पनि हस्ताक्षर गरेका छन् ।
आजबाट सुरु भएको यो हस्ताक्षर अभियान भोलि पनि सन्चालन गर्ने भनी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज रमेश सीले बताएका छन् ।