हेटौंडा। आज अखिल (समाजवादी) मकवानपुरका पदाधिकारीहरुको पहिलो बैठक सम्पन्न भएको छ । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु विशेष बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेका छन्।
हेटौंडामा बसेको बैठकले आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियुको निर्वाचनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । जसमा विगतमा निर्वाचन भैरहेको क्याम्पस र पछि थपिएका क्याम्पस अनुसार जिम्मेवारी बाँडफाँड गरेको छ । मकवानपुरका स्ववियु हुने र हुन सक्ने क्याम्पसहरुमा संगठनका केन्द्रिय सदस्य तथा जिल्लाका पदाधिकारीहरु नै जाने निर्णय गरेका छन्।
बैठकलाई प्रशिक्षित गर्दै नेकपाला केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले विगतमा निर्वाचित स्ववियुले गरेको काम कारबाहीको समीक्षा गर्दै अब आगामी दिनमा स्ववियुले निभाउनुपर्ने भूमिका सहित आम विद्यार्थीको प्रतिनिधित्व गर्दै स्ववियुमा आफ्नो जित निश्चित गराउन अखिल (समाजवादी) लाग्नुपर्ने बताए ।
त्यस्तै उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको घट्दो क्रम र वैदेशिक रोजगार र अध्ययनका लागि विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै शैक्षिक कार्यक्रम बनाएर लागू गर्न गराउन विद्यार्थी संगठन र स्ववियु लाग्नुपर्ने बताए ।
साथै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी पेमा सी र अखिल (समाजवादी) का केन्द्रिय सचीव तथा मधेस-नारायणी इन्चार्ज अटल सीले पनि बैठकलाई प्रशिक्षित गरेका थिए। साथमा उनले स्ववियुको आगामी निर्वाचनमा जित हाँसिल गर्न शुभकामना पनि दिएका थिए।