मकवानपुर। मकवानपुरको पश्चिम राक्सिराङ गाउँपालिका ३ अन्तर्गत पर्ने सुरिखेत पलासेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीहरूका लागि आज न्यानो कपडा ब्लाइन्केट सहयोग वितरण कार्यक्रम सम्पन्न भएका छन् ।
आज विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी गरिब तथा विपन्न विद्यार्थी वर्गलाई लक्षित मकवानपुर गाइज परिवारले विद्यालयको छात्रवासमा बसी अध्ययन गर्ने ३५ जना विद्यार्थीहरुलाई सहयोग स्वरूप न्यानो कपडा सहित ब्ल्याङ्केट वितरण गरिएको हो।
न्यानो कपडा वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका वरिष्ठ समाजसेवी नेकपा एमाले मकवानपुरका सदस्य एवंम् मकवानपुर गाइजका प्रतिनिधि बिरेन डिसीले समस्यामा परेका विभिन्न क्षेत्रका विद्यार्थी व्यक्तिहरूलाई आफ्नो संस्थाले सहयोग गरिरहेको बताएका छन्।
यसअघि पनि समाजसेवी कामहरू आफूले व्यक्तिगत रुपमा पनि सहयोग गरिरहेको साथै संगठित रुपमा पनि यस्ता काममा गरिरहेको कुरा सुनाउँदै विद्यार्थी जस्तो समाजको विशेष क्षेत्रको व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए।
यस विद्यालयले विगत लामोदेखि अध्ययनरत गरिरहेका छात्रवास बसेका सबै विद्यार्थीहरुलाई परिएको समस्या यस विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीले जानकारी गराएसँगै आफूले यसतर्फ खुसीले सहयोग गरिएको डिसीले बताए ।
आज सम्पन्न गरिएको न्यानो कपडा वितरण कार्यक्रमको अध्यक्षता भने विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी रहेका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता भने मकवानपुर गाइजका प्रतिनिधि रहेका वीरेन डिसी रहेको थियो।
त्यसैगरी मकवानपुर गाइजका अन्य प्रतिनिधिहरूमा लक्ष्मण कँडेल बद्री दुलाल खड्का चौलागाई र नवीन डिसी लगायतको उपस्थिति रहेको थियो।
साथै राक्सिराङ गाउँपालिकाका – ३ का वडा अध्यक्ष उत्तम वाइबाको विशिष्ट अतिथितामा कार्यक्रमलाई सम्पन्न गरिएको थियो।