काठमाडौँ। पछिल्लो समयमा निकै नै चर्चाका रुपमा रहेका सामाजिक अभियन्ताको रुपमा देखिएका व्यक्ति आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज दिउँसो उनलाई काठमाडौँको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला परिसर काठमाडौँले जानकारी दिएका छन्।
अभियन्ताको रूपमा चिनिएका आशिका तामाङलाई पक्रिनुको कारण भने अवद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।
गएको पुस २४ गतेका दिन अभियन्ताका रूपमा देखिएका आशिका तामाङ सहितका टोलीहरू पशुपति विकास कोषको कार्यालयमा पुगेर विरोध गरेका थिए। बिना कारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूहले विरोध गरेको थियो। सोही क्रममा ड्युटीमा रहेका प्रहरी माथि विवाद हुँदा केही अपशब्द बोलेकी थिइन्।
अभियन्ता तामाङमाथि परेको मुद्दा भनेको अहिले प्रहरीमाथि अभद्र व्यवहार गरेको सम्बन्धी नै रहेको छ। उनलाई नियन्त्रण लिएर अहिले थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाएको प्रहरीले जानकारी दिए।