झापा – झापामा हावाहुरी सहित आएको असिनापानीका कारण १ जनाको मृत्यु भएको छ भने एकदर्जनभन्दा बढिलाई घरबार विहीन बनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते बन्नु भएकी दमककी ४० बर्षीया सिलाई धिमालको उपचारको क्रममा ज्यान गएको छ ।
दमक वडा नं. ४ तारावारीको अर्नाखाडीमा भन्ने ठाँउकी स्थानीय धिमाललाई रुखको हाँगाले लागेपछि गम्भिर घाइते बन्नु भएको थियो । उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको बिभिन्न पालिकाहरुमा घरका छना उडाएको, कच्चा घरहरु भत्काएको, उद्योगहरुमा भएका टिनका छानाहरु दुलो पारेको र उडाएको सूचना आइरहेको छ । क्षतिको विवरण आउने र संकलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाई छ ।