आज सोमबार मुलुकको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
त्यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।सोमबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।