आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएको छ। पार्टी केन्द्रीय सचिवालयको सोमबार बसेको ५७ औँ बैठकले बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकले तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिएको छ। गठबन्धनका तर्फबाट बारा २ मा उपेन्द्र यादव, चितवन २ मा जित नारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार रहेका छन्।