काठमाडौं – स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा अपराह्नदेखि मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
अहिले कोशी, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा हुने सम्भावना छ। आज राति पनि देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।