पोखरा । आज गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३५ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै २ जना तटस्थ रहेका थिए । आजको मतदानमा ५९ सांसद उपस्थित रहेका थिए ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।