काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
खाँणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।