काठमाडौं । बैशाख १ देखि साउन ६ गतेसम्म भएका विपद्जन्य घटनामा परी ११४ जनाको मृत्यु भएको छ ।
विपद्का २ हजार १३४ घटनामा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद् प्रभावितलाई सरकारले राहत रकम प्रदान गर्दै आए पनि विपद् कोष सञ्चालनमा अन्योल रहेको विपदविज्ञ डा. गङ्गालाल तुलाधरले बताए ।