हेटौंडा । हेटौंडा र मकवानपुरगढी क्षेत्रमा अविरल वर्षाका कारण बाढी तथा डुबान हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले पछिल्लो ३ घण्टामा मकवानपुरगढी र हेटौंडा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र सो क्षेत्र भई बहने कर्रा, सामरी, पूर्वी राप्ती नदी लगायत स–साना खोलाहरुमा आकस्मिक बाढी आउने तथा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।